बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

बिहिबार, कार्तिक १, २०७५



काठमाडौं । पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत जनवरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो।

हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो। घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ।

दोषीलाई फाँसी दिइएका बेला जैनबको परिवार र आफन्त पनि उपस्थित थिए। कसुर नगरमा बलात्कारपछि हत्या गरिएको जघन्य अपराधले पाकिस्तानमा व्यापक आक्रोश निम्याएको थियो र घटनाको विरोधमा देशभरि प्रदर्शनहरू भएका थिए। दोषीलाई झुण्ड्याइएको दृश्य देखेका जैनबका बुवा आमीन अन्सारीले आफूलाई ‘राहत महसुस’ भएको प्रतिक्रिया दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata