कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत

बिहिबार, भदौ २८, २०७५



काठमाडौं । ३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पनि पत्ता नलागेको समयमा कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छिन् ।

माहाकाली नगरपालिका–४ मा मंगलबार साँझ १० वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आईते सुनारलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साँझको समयमा अन्य बालबालिकासँग खेलिरहेकी ती बालिकालाई आईतेले हात तानेर धान बारीमा लगेर बलात्कार गरेका थिए।

बलात्कार गरिरहेकै अवस्थामा स्थानीयले थाहा पाएपछि उक्त कुरा बाहिर आएको हो। इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्दले बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताए। पक्राउ परेका आईतेमाथि जबरजस्ती करणीको मुद्दा दत्र्ता गर्ने तयारी भइरहेको उनले बताए। ‘निर्मला घटना’पछि यो तेस्रो घटना हो। यसअघि कञ्चनपुरकै बेल्डाडी गाउँपालिकामा पनि १५ वर्षीया बालिका बलात्कृत भएकी थिइन्। कान्तिपुरबाट

25 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank