भारतीय नागरिकद्वारा बर्दियामा ११ बर्षीया बालिका माथि सामुहिक बलात्कार

सोमवार, कार्तिक २६, २०७५



बर्दिया  । बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकद्वारा ११ बर्षीया बालिका सामुहिक बलात्कृत भएकी छिन् । आईतबार दिउँसो नेपाल भारत सिमाना नजिकै बाख्रा चराउन गएकी बालिका तीन जना भारतीयवाट बलात्कारको सिकार भएकी हुन् ।

बालिकाले रुँदै घटनाको बारेमा आफ्नो आमालाई जानकारी गराएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा संग्लग्न १५, १६ बर्षका दुई जनालाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank