सर्पदंशमा परेकी युवती आइसियुमै बलात्कृत

आइतवार, कार्तिक १८, २०७५



बरेली । भारतको उत्तर प्रदेश राज्य वरेलीमा मानवता मरेको घटना उजागर भएको छ ।  सर्पदंशमा परेकी एक युवती उपचारको क्रममा एक नीजि अस्पतालमा भर्ना भएकी थिइन् । आइसियुमा एक्लै रहेको समय कथित बलात्कारको घटना भएको प्रहरीले जनाएको छ ।

कामको सिलसिलामा खेतमा सर्पले टोकेर अस्पताल भर्ना भएकी युवतीलाई साेही अस्पतालमा काम गर्ने ५ जना कर्मचारीले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले घटनाको बारेमा आफ्नो हजुरआमालाई बताउना साथ अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

रातको समय आइसियुमा डक्टरको भेषमा एक मानिस र अन्य चार प्रवेश गर्दै युवतीलाई जबरजस्ती करणी गरेको युवतीले जनाएकी छिन् ।

296 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank