धारामा पानी लिन गएकी बालिका बलात्कृत

सोमवार, भदौ २५, २०७५



काठमाडौं  । वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्। आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका हुन्।

परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन्। त्यो आवाज छिमेकीले सुनेपछि घटना थाहा पाएका थिए। बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

पीडित बालिका र आरोपित बालक दुवैजनाको आइतबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।

स्वास्थ्य परीक्षणपछि बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिए। ‘घटनापछि बालिका मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन्, त्यसैले बालिकासँग धेरै कुरा सोध्न सकेका छैनौँ’, प्रहरी निरीक्षक महत्तोले भने,‘आरोपित बालकले भने आफनो अपराध स्वीकार गरिसकेका छन्।’ अन्नपूर्णपोष्टबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank