५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन…

शनिबार, साउन २६, २०७५



काठमाडौं । कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् । अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।

छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए । म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए । राति विजुली गएको समयमा झाँक्रीले मुखमा लिंग घुसाईरहेको देखेपछि दुई झापड हानेर प्रहरीलाई खबर गरेको पीडित बालकका बाबुले प्रहरीसमक्ष बयान दिएका छन् । झाँक्रीलाई प्रहरीले राति नै घरबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको छ । नेपालसमाचारपत्रबाट

180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank