बलात्कारपछि हत्या भएको ५ दिन पछि सिआइबीको टोली कञ्चनपुरमा

सोमवार, साउन १४, २०७५



काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा २ मा १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ५ दिन पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली साेमबार अनुसन्धान गर्न कञ्चनपुर पुगेको छ ।

स्थानीय प्रहरीलाई अनुसन्धानमा समन्वय गर्न ब्युरोबाट गएको टोली सोमबार कञ्चनपुर पुगेको सिआबीले जनाएकाे छ ।  अनुसन्धान टाेलीमा सिअाइविका प्रहरी नायव उपिरक्षक अंगुर जिसी सहितकाे तीन सदस्यीय टाेली घटना स्थल पुगेकाे हाे ।  बलात्कारपछि हत्या भएकी बालिकाकाे शव साेमबार अाफन्तले  बुझेका छन् । यसअघि दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले विरोध गरिरहेका थिए।

 निर्मला पन्तको शव गत शुक्रबार छेदविछेद अवस्थामा उखुबारीमा भेटिएको थियो। आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका थिए। सभामुख कृष्णबहादुर महराले घटनाको बारेमा सत्य तथ्य छानविन गर्न सरकारलाई आग्रह गरेका थिए ।

बालिकाका आफन्तले हत्याराको खोजी गरिनु पर्ने, बालिकाको स्मृतिमा पढदै आएको विद्यालयमा अक्षय कोष स्थापना गरिनु पर्ने र पुष्प बाटीका बनाइनु पर्ने माग राख्दै अान्दाेलनमा उत्रेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank