छोरी जोगाउने चिन्ता, बलात्कारको डरलाग्दो तथ्याङ्क

बिहिबार, बैशाख १३, २०७५



काठमाडौ । महिला तथा बालवालिका बलात्कार घटना डरलाग्दो गरि बढ्न थालेका छन् । बलात्कारका घटना दिनप्रतिदिन बढेसँगै अभिभावकलाई आफ्नो छोरीहरुलाई कसरी जोगाउने र युवती तथा महिलाहरुलाई कसरी जोगीने भन्ने चिन्ता बढेको छ । पछिल्लो ५ बर्षमा ५ हजार ३ सय १९ बलात्कार भएको डरलाग्दो तथ्यांक सार्बजाीक भएसँगै समाजलाई झस्काएको छ ।

गएको एक महिनाको अवधिमा मात्रै ३६ जना महिला तथा बालिकामाथि बलात्कार भएको तथ्य सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र ओरेकले गएको चैत महिनामा मात्रै ३५ जना भन्दा बढी महिला तथा बालिकामाथि बलात्कार भएको तथ्य सार्वजनिक गरेको हो । चैत महिनामा मात्रै अभिलेखीकरण भएका महिला हिंसाका १ सय ३१ वटा घटनामध्ये ३६ जना महिला सात सामूहिक बलात्कार र एक बलात्कारपछि हत्या भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

जागरण मिडिया सेन्टरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३÷०७४ को ९ महिनाको अवधीमा १ हजार १ सय ३० बलात्कारका घटना भएका छन् । बलात्कृत हुनेमा सबैभन्दा बढी दलित र जनजाती समूदायका महिला पर्ने गरेको अध्यनले देखाएको छ ।
आर्थिक बर्ष २०७०।७१ को ९ सय १२ घटना मध्ये ५ सय ६४ जना बालिका र ३ सय ७० जना महिला बलात्कारको सिकार भएका थिए
२०७१।७२ मा ६ सय ६६ बालिका र ३ सय १५ महिला बलात्कारमा परेका थिए ।

२०७२।७३ मा २ सय १३ जना १० बर्ष भन्दा मुनिका बालिकाहरु बलात्कारको सिकार भएका छन् ४ सय ६८ जना १६ देखि १८ बर्ष उमेरसमूहका किशोरीहरु बलात्कारको सिकार भएको देखिन्छ भने ४ सय ८ जना १९ देखि माथि उमेर समुहका महिलाहरु बलात्कारको सिकार भएका छन् ।

272 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank