जबरजस्ती करणीकोे प्रयास गर्नेलार्इ कालाेमाेसाे र जुत्ताको माला

मङ्लबार, चैत्र २७, २०७४



कैलाली। महिलालार्इ बलात्कार गर्न खोजेको बदलामा कैलालीमा स्थानीयबासीले एक व्यक्तिलार्इ कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका छन् ।

कैलारी गाउँपालिका–१, दक्षिण मन्झरामा स्थानीय महिलालार्इ बलात्कार गर्न खोजेको अभियोगमा स्थानीय कृष्णप्रसाद चौधरीलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका छन् ।  उनले चैत्र २३ गते राति १२ बजेतिर स्थानीय महिलामाथि जबरजस्ती गर्न खोज्दा स्थानीयले पक्राउ गरेका थिए ।

कामको सिलसिलामा श्रीमान बाहिर गएको मौका छोपी राति घरमा आएर आफूमाथि जबरजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छिन् । जबरजस्ती गर्न खोजेपछि उनले गुहार मागेपछि स्थानीयहरु आएर चौधरीलाई पक्राउ गरेका थिए ।

स्थानीय भल्मन्सा लगायतको उपस्थितमा दुईलाख दण्ड जरिवाना गर्नुका साथै आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने भनि माफी मगाएका छन् ।

107 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank