बालिका बलात्कार गर्ने सहायक प्रहरी निरिक्षक पक्राउ

बुधबार, चैत्र १४, २०७४



पाँचथर। बालिकालाई फकाएर पटक–पटक बलात्कार गर्नै प्रहरी सहायक निरिक्षक पक्राउ परेका छन् । बालिकालाई पटक पटक फकाएर बलत्कार गरेको घटना सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।

बालिका गर्भवति भएको परिवारले थाहा पाएपछि सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो । पीडितका आफन्तका अनुसार ठटालले बालिकालाई गएको पुसमा बलात्कार गरी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए ।

ठटालले बालिकालाई पटक–पटक बलात्कार गरेकोसमेत आफन्तले बताएका छन् । पक्राउ परेका ठटालमाथि अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank