१२ वर्षीया बालिकाको बलात्कार पछि हत्या

बुधबार, साउन ३२, २०७४



जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ।

साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्।

मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए ।

पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

483 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank