आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

मङ्लबार, असार ९, २०७७



ललितपुर । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि विभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments