१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

बुधबार, बैशाख ३१, २०७७



भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-८लिवाली डेरा गरी बस्ने सोही नगरपालिका-७ गोलमढी घर भएका ५९ वर्षीय रत्नप्रसाद शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments