५ वर्षीया बालिका बलात्कार गरेकाे अभियोगमा एक पक्राउ

बिहिबार, बैशाख १८, २०७७



झापा । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-७बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका  प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments