जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बिहिबार, चैत्र १३, २०७६



ललितपुर । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका-९ लामाटार चोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments