जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, चैत्र १२, २०७६



काठमाडौं।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका-१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई भुवनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments