बालिकालाई धानबारीमा लगेर बलात्कार गर्ने युवक पक्राउ

बुधबार, अशोज २९, २०७६



काठमाडौं । १५ वर्षीय बालिकालाई धानबारीमा लगेर बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन । करणी गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–८ का २७ वर्षीय सत्य सदालाई प्रहरीले पक्राउ परेका हुन ।

बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी राती ९ बजे घर नजिकैको धानबारीमा लगेर जबरजस्ती करणी गरेको पिडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरि अनुसन्धान गरेको छ ।

पिडित बालिकाले बलात्कारपछि आमालाई घटनाको जानकारी गराएपछि आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरका उजुरी दर्ता गरेको प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata