जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

आइतवार, भदौ २९, २०७६



मुगु । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोरु गाउँपालिका-१ नार्थबु बस्ने २८ वर्षीय मुनसिह दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित बुझेनी जङ्गलमा गाई चराउन गएको अवस्थामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोरुबर्मा र जिल्ला प्रहरी कार्यालायबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata