शौच गर्न गएकी बालिकाकाे सामुहिक बलात्कार

शुक्रबार, भदौ २७, २०७६



महोत्तरी । शौच गर्न गएकी एक बालिका सामुहिक बलात्कारको सिकार भएकी छिन ।

शौच गर्न गएकी बालिकामाथि चार जनाको समुहले सामुहिक बलात्कार गरेको जनाइएको छ । सीमावर्ती गाउँपालिका समसी २ पर्सादेवाडकी १६ वर्षीया बालिकाको ४ जनाले डरत्रास देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै रुँदै–कराउँदै अस्तव्यस्त अवस्थामा गाउँ पुगेकी उनको रक्त श्राव भइरहेको थियो । परिवार र गाउँलेले जिज्ञासा राखेपछि बलात्कारबारे जानकारी गराएकी थिइन् ।

बलात्कार गर्नेहरु दुई जना सोहि गाउँको रहेको र दुई जना अपरिचित रहेको पीडित बालिकाले बताएकी छिन । बलात्कारीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरु भारत तर्फ गएको आशंका गरिएको छ ।

बालिकाको जिल्ला अस्पताल जलेश्वरमा स्वास्थ परीक्षण गराई पीडितको बयानको आधारमा चारै जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata