बलात्कार गर्न लागेका यूवालाई बालिकाले गरिन खुकरी प्रहार

बुधबार, साउन २९, २०७६



झापा । पछिल्लो समय समाजमा बलात्कारका घटनाहरु भयाबह रुपमा घटिरहेका छन ।  बलात्कारको सिकार प्राय बालिका र कमजोर महिला हुने गर्छन । तर सबै बालिका वा सबै महिला कमजोर हुँदैनन । त्यस्तै घटना झापामा घटेको छ । बलात्कार गर्न लागेका एक यूवालाई १३ वर्षीया बालिकाले खुकुरी प्रहार गरि घाइते बनाएकी छिन ।

झापाको बुद्धशान्ति गाउँपालिकामा बलात्कार गर्न खोज्ने धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङलाई खुकुरी प्रहार गरि घाइते बनाएकी हुन । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा गएकी र बाबु गाउँमै मजदुरी गर्छन् ।

गुरुङले घरमा कोही नभएको मौका छोपी बालिकालाई पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाको गुनासो रहेको छ । घटनाको बारेमा कसैलाई भनेपछि बाबुलाई मारिदिने र आमा काठको बाकसमा आउँछन भन्दै धम्की दिने गरेको उनको भनाइ रहेको छ ।

आमा बाबुलाई मारिदिन्छ होला भनेर यस अघिका घटना कसैलाई नभनेको र पछिल्लो समय मुुख धुनेर बलात्कार गर्न खोज्दा खुकुरी प्रहार गरेको जनाएकी छिन । उनले घटनाको बारेमा भाउजस् नाता पर्ने एक महिलालाई भनेपछि प्रहरीलाई खबर गरि गुरुङलाई पक्राउ गरिएको जनाइएको छ । घटनाको बारेका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata