जबरजस्ती करणीको अभियोगमा एक पक्राउ

शुक्रबार, साउन ३, २०७६



मकवानपुर। जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १ लालझाडीका ४० वर्षीय जीवन मोक्तान रहेका छन ।

सोही स्थान बस्ने अन्दाजी २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोक्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोक्तानले ती किशोरीलाई सोही स्थानस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मोक्तानलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata