बालिकालाई करणी गरेको अभियोगमा तीन जना पक्राउ

आइतवार, असार ८, २०७६



कैलाली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन ।

धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियाेगमा शनिबार धनगढी उपमहानगरपालिका १५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका ७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् ।

बालिकालाई फकाएर से१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata