जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बुधबार, जेष्ठ २९, २०७६



रुपन्देही । जबरजस्त करणीको अभियोगमा एक युवक पक्राउ परेका छन । बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १७ बस्ने ३८ वर्षीय केशव बराल रहेका छन । उनलाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank