कठुआ बलात्कार काण्डको फैसला, ६ आरोपीलाई सजाय

सोमवार, जेष्ठ २७, २०७६



कश्मिर। जम्मु- कश्मिरको कठुआमा एक आठ वर्षीया बालिका माथि भएको सामूहिक बलात्कार पछि गरिएको हत्यामा अदालतले फैसला सुनाएको छ ।

पठानकोटको एक विशेष अदालतले ६ आरोपीलाई दोषी करार गर्दै फैसला सुनाएको हो । आरोपीहरु साझिराम,दिपक कुमार, प्रवेश कुमार, सुरेन्द्र कुमार,आनन्द दत्ता र तिलकराजले एक वर्षीया बालिकालाई नशालु पदार्थ खुवाई कुकर्म गरेका थिए ।
चार दिन पछि बलात्कारबाट बेहोस बालिकालाई हत्या गरिदिएका थिए ।

उक्त घटना पश्चात राज्य सरकारका दुई मन्त्रीले मन्त्रीपद गुमाउन बाध्य भएका थिए । फैसला पश्चात पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले अदालतको फैसलालाई स्वागत गर्दै भनेकी छिन् ।

हाम्रो न्याय व्यवस्थाको कमजोरीको फायदा उठाइने छैन । साथै दोषीलाई यस्तो सजाय दिइयोस । जसले मिसाल कायम गरोस ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata