जवरजस्ती करणीको आरोपमा दुई प्रहरी विरुद्ध मुद्धा दर्ता

आइतवार, जेष्ठ ५, २०७६



नवलपरासी । बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवान विरुद्ध मुद्धा दर्ता गरिएको छ ।

गत वैशाख १ गते जंगलमा घाँस काट्न गएकी दुई युवतीलाई प्रहरी जवानले छुट्टाछुट्टै बलात्कार गरेको आरोप छ। दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत प्रहरी जवान डडेल्धुरा, मास्माण्डु गाउँपालिका-८ का २५ वर्षीया प्रेम खड्का र दाङ,गडवा गाउँपालिका-४ का २३ वर्षीया पाटेश्वर यादव विरुद्ध कानूनी प्रक्रिया अघि बढाएकाे हाे ।

घटना भएको एक महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । उजुरी लगत्तै प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेर अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata