जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बुधबार, जेष्ठ १, २०७६



मकवानपुर । जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपमहानगरपालिका ५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाई रहेका छन् ।

चौलागाई हेटौंडा उपमहानगरपालिका २ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।  यस सम्बन्धमा  आवश्यक अनुसन्धान भर्इरहेकाे प्रहरी बुलेटिनले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank