पाँच  वर्षीया  बालिका बलात्कार गर्नेलाई १६ वर्षको कैद सजाय

मङ्लबार, बैशाख ३१, २०७६



दाङ । पाँच वर्षीया  बालिका बलात्कारकाे दोषीलाई जिल्ला अदालत दाङले १६ वर्ष कैद सजाय तोकेको छ ।

बलात्कार मुद्धामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ निवासी १८ वर्षीय मुकेश विकलाई १६ वर्षको कैद सजाय तोकेको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पाँच वर्षीया बालिका बलात्कार कसुरमा दोषी ठहर गर्दै विकलाई  १६ वर्ष कैद फैसला सुनाएको हो । साथै पीडित परिवारलाई ५० हजार नगद क्षतीपूर्ति समेत दिलाउन फैसला गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank