जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

सोमवार, बैशाख १६, २०७६



भक्तपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका ७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् ।

भक्तपुर नगरपालिका-१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी बुलेटिनले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank