रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी रहिनन् !

शुक्रबार, बैशाख १९, २०७७



काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । उनी  प्रजातन्त्र सेनानी पनि हुन् ।

सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा गएराति बाटो नै निधन भएको अधिकारी निकट स्रोतले बतायो ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको बाल्यकाल भारतकाे बनारसमा बितेकाे थियो । सानैदेखि शास्त्रीय गायनमा सक्रिय रानुदेवीले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको तत्कालिन प्रजातन्त्र रेडियोमा गाउन रानुदेवीलाई तारिणीप्रसाद कोइराला प्रोत्साहन गरेका थिए । इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी रानुदेवीका १ छोरा र २ छोरी रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments