एउटा राँगोले वर्ष दिनमा कमाउँछ साढे तीन लाख !

शुक्रबार, फाल्गुन ६, २०७३

loading...


काठमाडौँ । बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् ।

पहाडी जिल्लाका लेकाली गाउँमा घरैपिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र घरको मुहार उज्यालो हुने पुख्र्यौली कथन पनि छ । तर राँगोलाई स्याहार गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएकाले गाउँमा राँगो पाल्ने र बहालमा लगाउने किसानका दिन फिरेका हुन् ।

राँगो पालेर भैँसीको जति आम्दानी लिन नसकिने भएपछि राँगोलाई मासुको रुपमा प्रयोग गर्ने चलन छ । खानपिन र स्याहार धेरै मेहनत गर्नुपर्ने भएकैले पनि राँगोपालन त्यति सजिलो नभएकाले राँगो पाउन छाडेपछि ओयाक्जुङ–४ का उमानाथ रिमालले बीजका लागि किनेको राँको अहिले आम्दानीको राम्रो स्रोत बनेको हो ।

रिमालले राँगोलगाएबापत वार्षिक रु तीन लाख ५० हजार बढी आम्दानी गर्दै आएका छन् । बीजका लागि पालेको राँगोको एउटा भैँसीबाट हजारदेखि दुई हजार ५०० शुल्क लिने गरेको रिमाल बताउँछन् ।

बिहान उठेदेखि साँझसम्म राँगोको स्याहारमै बिताउँछु, रिमाल भन्छन्– राँगोको स्याहार गरेर सबै साथीभाइको चित्त बुझाउन सके आम्दानी पनि राम्रै हुने रहेछ ।

रिमालले ओयाक्जुङ गाविससँगै जलजले, पौठाक, श्रीजुङ, म्याङलुङ, साब्ला, तम्फुला, आम्बुङ र सोल्मासम्म राँगो लगिदिएर सेवा दिने गरेको बताए । आजभोलि रिमालको परिवारको आम्दानीको मुख्य स्रोत नै राँगो बनेको छ । राँगोबाट आएको आम्दानीले नै सामान्य खर्चदेखि चाडपर्वसमेत धान्ने गरेको छ ।

राँगो पालेर बीउका लागि प्रयोगमा ल्याएर आफूले पनि राम्रो आम्दानी गरेको बताउँछन् इसिवु–२ का कृषक धर्मसिङ बस्नेत । गाउँमा बीजका लागि राँगो पाउन छाडेपछि यहाँका भैँसीपालक किसानले लुकुवा चौतारा सामुदायिक बन समूहमार्फत नै कृषक बस्नेतलाई राँगो किन्न सघाएर गाउँमै बीउ राँगो पालिएको हो ।

सामान्य आर्थिक अवस्था भएका बस्नेत अहिले राँगोबाट आएको आम्दानी नै छोराछोरीको पढाइ, बिहान बेलुकाको दुई गाँस र चाडपर्व राम्रैसंग मनाइएको बस्नेतले बताए ।

बीजका लागि खरिद गरी ल्याएको राँगोबाट सिम्ले र इसिवु तथा सम्दुका समेत किसानलाई सेवा दिँदै आएका बस्नेतले पनि रु तीन लाख भन्दा बढी कमाउदै आएका छन् । बस्नेतलाई सामुदायिक वन समूहले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत रु २५ हजार बिना ब्याज ऋण उपलब्ध गराएर सहयोग गरेको थियो ।

सो सामुदायिक वनमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घले साझेदारीमा बहुसरोकारवाला वन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बस्नेतले पालेको राँगोबाट यहाँका ४०० भन्दा बढी घरधुरीले सेवा लिइरहेका छन् । राँगोकै आम्दानीले अहिले राँगो खरिदका लागि लिएको ऋण चुक्ता गरेर अरु दुई वटा दुहुना भैँसी पनि जोडिसकेको बस्नेतले बताए ।

गाउँमै उन्नत जातको राँगो ल्याएर व्यावसायिक रुपमा नै पाल्न थालेपछि अहिले बहाल उठाउन पनि खासै समस्या नरहेको ओयाक्जुङ–४ का अम्बिका दुलालले बताए । उन्नत जातको बीउ राँगोको प्रयोगबाट गाउँका भैँसीमा दूध घ्युको मात्रामा वृद्धि हुनुकासाथै पाडापाडी पनि फष्टाउन थालेका छन् ।

1186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv