४० प्रतिशत पुगेन राप्रपा प्रजातान्त्रिकको , राणाको राजनीति धरापमा

आइतवार, भदौ ४, २०७४

loading...


काठमाडौ । पार्टी बिभाजन गर्दै राप्रपा प्रजतान्त्रिक दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनमा ४० प्रतिशत हस्ताक्षर नपुग्ने भएको छ। निर्वाचन आयोगले पटक पटक गरी आज सम्म४० प्रतिशत हस्ताक्षर सनाखत गर्न सो पार्टीलाई समय दिएको थियो। तर अहिले सम्म राणाको पक्षमा सदस्य४० प्रतिशतको हस्ताक्षर नपुगेको स्रोतले जानकारी दिएको छ।
गत साउन २९ गते दल दर्ताका लागि निर्वाचन आयोगमा पशुपति शम्सेर राणाको नेतृत्वमा निवेदन दिदा ७२ जनाको नाम थियो। त्यस मध्य ६४ को मात्र हस्ताक्षर रहेको थियो। त्यस मध्य हस्ताक्षर आनन्दी पन्त, विराज विष्ट, वविना लावती, गीता सिंह, भानु महरा, लक्ष्मी थापा पासवान, रमेश लामा र राज्य लक्ष्मी श्रेष्ठ केन्द्रीय सदस्य होइनन् । यसलाई घटाउदा हस्ताक्षर गर्नेको संख्य ५६ हुन आउछ। हस्तक्षर गरेका ७ जनाले फिर्ता लिएका छन् । यसरी फिर्ता लिनेमा दिलविकास राजभण्डारी, प्रल्हाद शाह, विना गिरी, डा भिमसेन गुरुङ, निरन्जन थापा, लिला श्रेष्ठ र आङनिमा शेर्पा छन् । उनीहरुले हस्ताक्षर फिर्ता लिए पनि पहिला राप्रपामा लागेका पछि राणा तिर लाग्ने पनि ५ जना भएका छन् । यसरी लाग्नेमा रेखा थापा, रविन चाम्लिङ, रामेश्वर थापा, धर्मराज जोशी, गिरीधारी चौधरी छन। यो संख्य थप्दा समेत राणाको पक्षमा ४० प्रतिशत पुग्दैन।
तर राप्रपाले भने राणा पक्षले सरकारसंग मिलेर अनेक तानावना रचेर पार्टी बिभाजन गर्न लागेको आशंका गरेका छ। उसले साउन २९ गते नै यसको छिनोफानो हुनुपर्नेमा सत्ताको दुरुपयोग गर्दै अदालत तथा निर्वाचन आयोगलाई समेत अनेक दवाव दिएर राणा पक्षले आफ्नो पक्षमा निर्णय गराउने खोजेको आशंका गरेको छ। सह प्रवक्ता मोहन श्रेष्ठले भने आफ्नो पक्षमा निर्णय गराउन स्वतन्त्र तथा सबैधानिक निकायमा समेत अनेक दवाव दिएको छ।
४० प्रतिशत हस्ताक्षर नपुग्दा पार्टीका अध्यक्ष पशुपति शम्सेर राणााको लामो राजनीतिक जीवन समेत खतरामा परेका छ। उनले कि राप्रपमा आत्मसमर्पण गर्नु पर्छ कि कुनै पार्टीमा प्रवेश गर्नुपर्ने हुन्छ।

1003 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv