पार्टी एकता गर्ने उद्धेश्यका साथ थापा र राणाबीच भेटवार्ता

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) का अध्यक्ष पशुपति शमशेर राणाबीच भेटवार्ता भएको छ ।
दुई पार्टी एकता गर्ने उद्धेश्यका एकताबारे छलफल गर्न मंगलबार बिहान अध्यक्षद्वय कमल थापा र पशुपतिशम्सेर राणाबीच भेटवार्ता भएकोहो।

भेटमा राप्रपा एकतालाई कसरी र कहिलेम्म टुंगोमा पुर्‍याउने भन्नेबारे छलफल भएको जनाएको छ । देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिइ समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार दुई अध्यक्षबीच भेटवार्ता भएको राप्रपा द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ, एकता प्रक्रियालाई टुंगोमा र्पुयाउन वार्ता जारी रहने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

157 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank