पूर्व राजा ज्ञानेन्द्र शाहका व्यवसायिक साझेदार प्रभाकर रहेनन

शुक्रबार, जेष्ठ १७, २०७६



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको निधन भएको छ ।

 होटल सोल्टीका संस्थापक अध्यक्ष राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । राणा एक वर्ष देखि अमेरिकामा उपचारार्थ रहेका थिए । राणाले सूर्य इन्टरप्राइज, सूर्य टोबाको तथा सिप्रदी ट्रेडिङ जस्ता सफल कम्पनीको स्थापना गरेका थिए ।

 व्यवसायिक पहिचान बनाउन सफल राणा नेपाल सरकारकाे तर्फबाट सुबिख्यात त्रिशक्ति पट्ट र प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु लगायतका पुस्कारबाट सम्मानित भएका थिए । उनको निधनले व्यवसायिक जगतमा ठुलो नोक्सानी पुगेको व्यवसायिहरुले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank