नक्कली चुरोट बेच्ने पसल पक्राउ

बुधबार, पुस १६, २०७६



धनुषा । जनकपुरमा नक्कली चुरोट बेच्ने एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बलबा नगरपालिका –२ घर भइ हाल जनकपुरधाम –८ बस्ने रमेशकुमार साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर उमाशंकर साहले जानकारी दिएअनुसार जनकपुरको रामानन्द चोकस्थित साहको पसलबाट आठ बट्टा सूर्या चुरोटसहित उनलाई पक्राउ गरिएको हो । नक्कली चुरोट बेचेर आन्तरिक राजश्व छलेको अभियोगमा उनलाई पक्राउ गरी सम्बन्धित निकायमा जिम्मा लगाउने तयारी गरेको इन्सपेक्टर साहले जानकारी दिए ।

चालु आर्थिक वर्षमा मात्रै भारतीय नाका हुँदै करिब २० करोड रुपैयाँ बराबरको राजश्व चोरी गरी सूर्तिजन्य पदार्थ नेपाल भित्र्याइएको इन्सपेक्टर साहको भनाइ छ । पछिल्लो केही समययता आन्तरिक राजश्व छल्ने विभिन्न गतिविधि मौलाउन थालेपछि त्यसको नियन्त्रणमा प्रहरी गम्भिर भएको र अभियान अन्तर्गत नै नक्कली चुरोट बेच्ने पक्राउ परेको उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments