बढुवामा अन्याय भएकाे भन्दै डिआईजी रमेश खरेलद्वारा राजिनामा

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । डिआइजी रमेश खरेलले पदबाट राजीनीमा दिएका छन् । डिआजीबाट आइजीपी बढुवामा अन्याय गरेको भन्दै डिआजी खरेलले राजीनामा दिएका छन् ।
उनले बुधबार दिउँसो प्रहरी मुख्यालयमा गएर उनले राजीनामा पत्र बुझाएका हुन्। सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले राजीनामा दिएका हुन्। राजीनामा दिनुअघि उनले खनाललाई बधाई दिएका थिए। खनालले खरेललाई फोन गरेर राजीनामा नदिन आग्रह गरेका थिए।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरी प्रमुखमा नियुक्त खनाललाई बधाई दिँदै उनले भनेका छन्,‘नवनियुक्त प्रहरी महानिरिक्षक ज्युलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गरेको कुरा समेत उल्लेख गरेका छन् ।  उनले राजीनामाबारे समाजिक सञ्जाल फेसबुकमा यस्ताे लेखेका छन् ।

ramesh kareal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank