रामेछाप चौथो राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुने
शनिबार, माघ १९, २०७५
- एलिना कार्की

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सिभिल च्याम्पियनसीप चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
यहि माघ २२ गते देखि २६ गतेसम्म तिन दिन हुने उत्त प्रतियोगितामा सातै प्रदेशका पाँच वटा क्लबहरु र अन्य घरेलु टिमबीच प्रतिस्पर्धा हुने जनाइएको छ । भलिबल प्रतियोगिका बाारेमा सिभिल च्याम्पियनसीपले पत्रकार आयोजनाको गरेर जानकारी दिएको छ । सम्मेलनमा बोल्दै राष्टिय खेलकूद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्टले रामेछापमा खेलकुदको विकासको निमीत आफुले जस्तोसूकै सहयोग गर्न तयार रहेको बताएका छन । उनले रामेछाप खेलकुद विकाश समितीका अध्ययक्षको कामको प्रशंशा गर्दै आफु उनको कामबाट प्रभावित भएको बताएका हुन ।
कार्यक्रममा खेलकूद विकाश समिती रामेछापका अध्ययक्ष पुरुषोतम कडरियाले प्रतियोगीताबारे जानकारी गराउँदै खेलकुदको चौतर्फी विकासको निम्ती आफुहरु निरन्तर लागिरहेको बताएका छन् ।
१२ वटा टिम सहभागी रहने प्रतियोगिताको प्रथम पुरस्कार राशी रु तीन लाख रहेको छ ।द्दितीय पुरस्कार रु २ लाख तृतिय पुरस्कार र एक लाख सान्त्वना रु पचास हजार रुपैँया शिल्ड,मेडल र प्रमाणपत्र रहेको छ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments