राष्ट्रको हितविपरीत क्रियाकलाप गर्ने राष्ट्रवादी हुन सक्दैनः पौडेल

मङ्लबार, जेष्ठ १, २०७५



कालीकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताएका छन् ।

नेपाली काँग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने ‘नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्दैन ।’

पौडेलले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै अहिले नेपाली काँग्रेस जनताका बीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लागिपर्न अनुरोधसमेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशान्ति तथा पुनः निर्माणमन्त्री हृदयराम थानीले नेपालमा काँग्रेसबाहेक अन्य कसैले विकास गर्न नसक्नेसमेत बताए ।

नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले सिंहदरबारको अधिकार गाउँमा आउन नसकेको बताए ।

61 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank