“”

प्रतिपक्षमै बसेर सरकारलाई घुडा टेक्न बाध्य बनाउछौँं : पौडेल

बुधबार, फाल्गुन ३०, २०७४



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले प्रतिपक्षमा बसेर नै केपी ओली नेतृत्वको सरकारलाई घुँडा टेकाउन बाध्य पार्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले सरकारलाई घुुुँटा टेकाउन कडा रुपमा लाग्न आग्रह गरेका छन् ।

पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । उनले भने ‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सरकारलाई झुकाउन सकिन्छ ।

‘सुविधाजनक मत हुँदाहुँदै किन दुई तिहाइ मागियो ? यसलाई गम्भीर रूपमा लिएका छौं’ उनले भने । पौडेलले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिको भूमिकाको पनि आलोचना गरे ।

‘राष्ट्रियसभा भन्दा पहिले किन सरकार गठन गरियो ? निर्वाचन आयोगले त पहिले राष्ट्रिय सभा भनेकै थियो । तर, राष्ट्रपतिले रोकेर सरकार गठन गरी राष्ट्रिय सभालाई पछि पूर्ण ता दिइयो ।’ उनले भने ‘अहिले महाअभियोगको कुरा आएको छ । , ‘खबरदार महाअभियोग लगाउन पाइदैन ।’ सरकारका गतिविधिहरूले सर्बसत्तावाद लाद्न खोजेको भन्दै नेता पौडेलले सरकारले न्यायलय र संविधानलार्इ नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank