सीमा विवादमा सचिवस्तरीय वार्ताले काम गर्दैन, प्रधानमन्त्री तहबाट कुरा हुनुपर्छ: नेता पौडेल

बिहिबार, कार्तिक २८, २०७६



झापा । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेले भारत सरकारले जारी गरेको नक्साबारे प्रधानमन्त्रीले धारणा दिनु पर्नेमा जोड दिएका छन ।

विहिबार झापामा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले भने, सचिवस्तरीय वार्ताले काम गर्दैन। प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग फोन गर्नुपर्छ । उनले नेपाल भारतको सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गरिनु अघि नेपाल सरकारले प्रमाण जुटाएर मात्र अन्तर्राष्ट्रियकरणको प्रक्रियामा अघि बढ्नुपर्ने बताएका छन् ।

पौडेलले भने,सीमा विवादको विषय बीचबीचमा उठ्दै सेलाउँदै गरेको हो। अहिले सीमाको विषयमा जनतामा नयाँ ढंगले जागरण आएको छ । सरकारले खुट्टा नकमाई भारतसामु प्रमाण जुटाएर छलफलका लागि अघि बढोस् । त्यसमा कांग्रेसको साथ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata