सरकार असफल भइसक्यो, अब कांग्रेस बाहेकको विकल्प छैन: नेता पौडेल
शनिबार, अशोज ११, २०७६

भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको दुई तिहाइएको सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन ।
भक्तपुरको दुवाकोटमा कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्णरुपमा असफल भएको आरोप लगाएका हुन । उनले भने, राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ । तर कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन् । जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भयो ।
सरकारले पटक पटक जनतालाई झुक्याएर सत्ता संञ्चालन गरिरहेको आरोप लागउँदै नेता पौडेलले अबको विकल्प भनेको कांग्रेस मात्रै भएको दाबी गरे ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments