सहमतिमा पार्टीलाई अगाडि बढाउनुपर्छ: वरिष्ठ नेता पौडेल

मङ्लबार, बैशाख १८, २०७५



तनहुँ,। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा उनले कांग्रेस विधि र सिद्धान्तमा चल्ने पार्टी भएकाले त्यहीअनुसार पार्टीलाई अगाडि बढाउन आफूले सभापति देउवालाई सुझाव दिएको बताए ।

वरिष्ठ नेता पौडेलले गएको निर्वाचनमा पार्टी हारे पनि सिद्धान्तले सधै जितेको भन्दै त्यही सिद्धान्तलाई टेकेर कांग्रेस संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले काँग्रेस सुध्रेर अगाडि बढे अर्को चुनावमा फेरि ठूलो पार्टी हुने विश्वास व्यक्त गरे । पूर्वसांसद ध्रुव वाग्लेले पार्टीका सबै कार्यकर्ता एक ढिक्का भएर अगाडि बढे अर्को चुनावमा कांग्रेसको जित सुनिश्चित रहेको बताए ।

कार्यक्रममा श्रमको सम्मान गर्दै लामो समयदेखि घर बनाउने काममा मजदुरी गर्दै आएका व्यास नपा–२ का ६३ वर्षीय कृष्णबहादुर भुजेल, ३० वर्षदेखि यातायात क्षेत्रमा काम गर्दै आएका माइक्रो बस चालक ५४ वर्षीय अक्कल भण्डारी र नाइ संघमा आवद्ध रहेर लामो समय श्रम गर्दै आएका नन्दु ठाकुरलाई सम्मान गरिएको थियो ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank