रमजान समय तालिका २०१९: दिनमा कति घण्टा उपहास ?

आइतवार, बैशाख २९, २०७६



काठमाडौँ । मुस्लिम समुदायको पवित्र पर्व रमजान(रमदान) मंगलबारबाट शुरु भएको छ । ७ मे बाट शुरु  भएको रमजान एक महिनासम्म चल्नेछ ।

अस्द्फस्दफ्स्द

रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजानमा  इस्लाम  धर्मावलम्बीहरु उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ ।

फ्द्सद्फ्स

अत्यन्त पवित्र आशीर्वाद एवं सौभाग्यले भरिपूर्ण रमजानमा मानिसहरूले अल्लाहप्रति प्रेम एवं समर्पण दर्शाउनुका साथै आफूले आफैंलाई अल्लाहले देखाएको बाटोमा कत्तिको दृढतापूर्वक लाग्न सकिएको छ भनेर जाँच्ने अवसर पनि हो भन्ने गरिन्छ ।

फ्द्दफ्फ़

सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही ‘सरगाही(खानेकुरा)’ खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ, जसलाई ‘ इफ्तार’ भनिन्छ  । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् ।

अद्स्फ्फद्सफ्साद

रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् ।

ज्झ्झ्हख्ज

नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन ।

तीस दिनको रोजा पूरा गरिसकेपछि पुरुषहरु  इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन्। जसलाई इदुलफित्र मनाउनु भनिन्छ ।

ह्ह्घझ्ज

रमादान समय तालिका २०१९: दिनमा कति घण्टा उपहास ?

Ramadan Iftar And Sehri Time Table for 2019
DATE DAY SEHRI IFTAR
07 May Tue 04:09 AM 7:01 PM
08 May Wed 04:08 AM 7:01 PM
09 May Thu 04:07 AM 7:02 PM
10 May Fri 04:06 AM 7:03 PM
11 May Sat 04:05 AM 7:03 PM
12 May Sun 04:04 AM 7:04 PM
13 May Mon 04:03 AM 7:04 PM
14 May Tue 04:02 AM 7:05 PM
15 May Wed 04:01 AM 7:06 PM
16 May Thu 04:00 AM 7:06 PM
17 May Fri 04:00 AM 7:07 PM
18 May Sat 03:59 AM 7:07 PM
19 May Sun 03:58 AM 7:08 PM
20 May Mon 03:57 AM 7:09 PM
21 May Tue 03:57 AM 7:09 PM
22 May Wed 03:56 AM 7:10 PM
23 May Thu 03:55 AM 7:10 PM
24 May Fri 03:55 AM 7:11 PM
25 May Sat 03:54 AM 7:11 PM
26 May Sun 03:53 AM 7:12 PM
27 May Mon 03:53 AM 7:13 PM
28 May Tue 03:52 AM 7:13 PM
29 May Wed 03:52 AM 7:14 PM
30 May Thu 03:51 AM 7:14 PM
31 May Fri 03:51 AM 7:15 PM
01 June Sat 03:51 AM 7:15 PM
02 June Sun 03:50 AM 7:16 PM
03 June Mon 03:50 AM 7:16 PM
04 June Tue 03:49 AM 7:17 PM
05 June       Wed       03:49 AM 7:17 PM
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank