धरौटीमा छुटेलगत्तै भीएलएनका संचालक श्रेष्ठ पुनः पक्राउ

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडौँ । पौने ३ अर्व बिगो दाबीसहित अदालत पेश गरिएका भीएलएनका संचालक राम श्रेष्ठ धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । श्रेष्ठलाई १० लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले बुधबार आदेश दिएको हो ।

भीएलएनले मलेसिया जाने नेपाली कामदारसँग पासपोर्ट संकलन गरेबापत प्रतिब्यक्ति ३ हजार २ सय रुपैयाँ लिने गरेको थियो । भीएलएनका संचालक श्रेष्ठले पौने ३ अर्व ठगी गरेकाले त्यति नै बिगो दाबी गर्दै प्रहरीले अदालतमा मुद्दा पेश गरेको थियो ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank