चन्द्रकान्त भाई सोमपुराको डिजाइनमा बन्दै छ भव्य राम मन्दिर

आइतवार, कार्तिक २४, २०७६



एजेन्सी ।  ऐतिहासिक अयोध्या विवादमा भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको छ । अदालतले अयोध्याको विवादित जमिन हिन्दु पक्षले पाउने फैसला कार्तिक २३ मा गरेको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार केन्द्र सरकारले तीन महिनामा राम मन्दिरको योजना निर्माण गर्ने छ । अदालतको आदेशअन्नुसार बोर्ड अफ् ट्रस्टीमार्फत आगामी सबै कार्यक्रमहरू गरिने छ ।

निकट भविष्यमा निर्माण गरिने राम मन्दिरको डिजाइन भारतीय चर्चित आर्किटेक्ट चन्द्रकान्त भाई सोमपुराले गर्नेछन् । करिब तयारी अवस्थामा रहेको डिजाइन  नागर शैलीमा अष्टकोणीय हुनेछ ।  मन्दिरमा रामको मूर्ति र राम दरबार बनाइने छ ।  मुख्य मन्दिरलाई  सीता, लक्ष्मण, भरत र भगवान गणेशको मन्दिरले घेरिनेछ । यो मन्दिर अक्षरधाम मन्दिरको शैलीमा निर्माण हुनेछ । मन्दिर परिसरमा सन्त निवास, सोध केन्द्र, कर्मचारी आवास र भोजानालय समेतको बन्दोबस्त गरिनेछ ।

आर्किटेक्ट सोमपुराले अयोध्यामा निर्माण गरिने राम मन्दिरको नक्सा तयार गरेका छन् । अब बन्ने मन्दिर दुई तले हुने छ । मन्दिरको लम्बाई २७० मिटर, चौडाई १४० मिटर र उचाई १२५ मिटर रहेको छ । मन्दिर प्रवेशको लागि पाँच वटा विशाल ढोकाहरू निर्माण गरिनेछ ।  मन्दिर निर्माणमा फलामको प्रयोग गरिनेछैन ।

मन्दिरको पहिलो तलामा भगवान रामको प्रतिमा स्थापित गरिनेछ भने माथिल्लो तलामा रामको दरबार निर्माण गरिनेछ । मन्दिरको भुइँमा चमकदार मार्बलको प्रयोग गरिनेछ ।  मन्दिर निर्माणमा जम्मा २२१ पिलर हुनेछन् ।  मन्दिर परिसरमा प्रवेश गर्नको लागि २४ ढोकाहरू निर्माण गरिनेछ । मन्दिरका प्रत्येक पिलरमा १२ मूर्ति खोपिनेछन्, जुन विभिन्न देवीदेवताका हुनेछन् ।

बताइएको छ कि मन्दिर निर्माण करिब तीन वर्ष भित्रमा सम्पन्न हुनेछ । मन्दिरमा प्रयोग गरिने पवित्र सामाग्रीहरू भारतकै हुनेछन् । सामान्यतया मन्दिर चार कोणीय हुने भएपनि राममन्दिर भने अष्टकोणीय बनाउनुको तात्पर्य अलग पहिचान निर्माण गर्नु हो भन्ने विश्व हिन्दू परिषदले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata