राम मन्दिर–बाबरी मस्जिद विवादका विषयमा सुनुवाई पूरा

बिहिबार, अशोज ३०, २०७६



एजेन्सी । प्रसिद्ध राम मन्दिर–बाबरी मस्जिद विवादका विषयमा ४० दिनसम्म चलेको म्याराथन सुनुवाई पूरा भएको छ ।

सुनुवाई पूरा भएपनि सो बहुचर्चित मुद्दाको फैसला आगामी नोभेम्बरमा मात्रै आउने बताइएको छ । भारतका मुख्य न्यायाधीस रन्जन गोगोईले १७ नोभेम्बरमा अवकाश पाउने भएकाले सोही आसपास फैसला आउने अनुमान गरिएको छ ।

यो एक ऐतिहासिक फैसला हुनेछ । राजनीतिक रुपले अत्यन्तै संवेदनशील राममन्दिर र बाबरी मस्जिदको जमिनको विषयमा विवाद रहेको छ ।

अन्तिम सुनुवाईको एक दिनअघि नै मुख्य न्यायाधीस गोगोईले बुधबार साँझ ५ बजेसम्ममा सुनुवाई पूरा हुने बताएका थिए । तर बुधबार एकघन्टा अघि नै मुद्दाको सुनुवाई सम्पन्न भएको घोषणाा गरिएको थियो ।

अदालतले थप प्रमाण पेश गर्नुपर्ने भएमा तीन दिनभित्रमा सम्बन्धित पक्षले लिखित रुपमा दिनसक्ने पनि जनाएको छ । यो मामलाको सुनुवाई सर्वोच्चको संवैधानिक इजलासले गर्दै आएको थियो । जसको अध्यक्षता मुख्य न्यायाधीले नै गर्दै आएका थिए ।

४० दिनसम्म चलेको लामो सुनुवाईपछि सर्वोच्चले यस विवादमा आफ्नो फैसला सुरक्षित राखेको छ । बुधबार सुनुवाई पूरा हुँदा यो मुद्दा भारतको सर्वोच्च अदालतको इतिहासमा सबैभन्दा लामो समय सुनुवाई भएको दोस्रो मुद्दा बनेको छ ।

यसअघि केशवानन्द भारतीको मुद्दामाथि सर्वोच्चमा ६८ दिनसम्म सुनुवाई भएको थियो । तेस्रो सबैभन्दा लामो समयसम्म सुनुवाई भएको मुद्दा भने आधारकार्ड सम्बन्धि मुद्दा हो । जसमाथि ३८ दिन सुनुवाई भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata