भारतीय विद्रोही नेता एवम वरिष्ठ वकिल राम जेठमलानीको निधन

आइतवार, भदौ २२, २०७६



एजेन्सी । भारतीय विद्रोही नेता, पूर्वमन्त्री एवम वरिष्ठ वकिल रामजेठमलानीको ९५ वर्षको उमेरमा निधन भएको उनको पुत्र महेशजेठमलानीले पुष्टि गरेका छन ।

आगमी १४ सेप्टेम्वरमा ९६ औं जन्म दिन मनाउने तयारी गरिएको रामजेठमलानी परिवारको सपना अधुरै रहन पुग्यो । भाजपा अध्यक्ष एवम  केन्द्रिय गृहमन्त्री अमित शाहले दिवंगत रामजेठमलानीलाई उनकै घरमा गई श्रद्धाञ्जली दिएका छन । भारतीय प्रधानमन्त्री मोदी र रामनाथ कोविदले उनको निधनमा दुख व्यक्त गरेका छन ।

भारतले एक होनहार बुद्धिजीवि, विशिष्ट न्यायविद र एक सच्चा देश भक्तलाई गुमाएको छ । उनले अन्तिम श्वाससम्म सक्रिय जीवन विताएको भन्दै उपराष्ट्रपतिको सचिवालयले ट्वीट गरेको छ ।

नेता जेठमलानीको जन्म सिन्ध प्रान्तको सिखारपुरमा १४ सेप्टेम्बर १९२३ मा भएको थियो । उनले राजिव गान्धीका हत्याराहरुको पक्षमा वकालत गरेसँगै विश्वभर चर्चामा आएका थिए । साथै उनल स्टक मार्केट घोटालाको दोषी हर्षद मेहता र केतर पारेखको पक्षमा समेत मुद्धा लडेका थिए ।

भारतीय लोकसभाको छैंटौ र सातौं निर्वाचनमा भाजपाको तर्फबाट मुम्बईको चुनाव जितेका थिए । अटल विहारी बाजपेयी सरकारमा कानून र शहरी विकास मन्त्री बनेका उनी सन २००४ को निर्वाचनमा विद्रोही उम्मेदवारी बन्दै बाजपेयीको विरुद्ध लखनउबाट निर्वाचन लडेका थिए ।

एक पुत्र र एक पुत्रीका पिता रामजेठमलानीको अन्तिम संस्कार भोली गरिने पुत्र महेशले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata