पौडेल समूहद्वारा बैठक बहिस्कार गर्ने निर्णय

आइतवार, मंसिर २९, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा गुटउपगुट मेटिने नामाेनिसान देखिदैन ।  पछिल्लाे समयमा नेपाली कांग्रेस भित्र गुटगत संस्थापन पक्ष र इतरपक्षबीच झनझन विवाद चर्किदै गइरहेको छ । सोहि क्रममा पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र  पौडेल समूहले  बहिस्कार गर्ने निर्णय गरेको छ ।

आइतबार बोलाइएको बैठकमा नजाने भन्दै पौडेल समूहको बैठकले उक्त निर्णय गरेको हाे । भर्खरै सम्पन्न पौडल समूहको बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिह र महामन्त्री डा.शशांक कोईरालाबीच उक्त सहमति भएको छ ।

आज साँझ वरिष्ठ नेता पौडेलपक्षले नयाँ रणनीतिकाे निम्ति थप छलफल गर्ने जनाएको छ । दुई पक्षबिच छलफल पश्चात ठोस सहमति नजुटेकाले आवश्यक छलफल गरि सहमति खोज्ने प्रयास नेता सिहको समितिले जारी राख्ने जनाए पनि काग्रेस राजनीति आगामी महाधिबेशन केन्द्रित भएकाले इतरपक्ष ठोस रणनीतिका साथ अघि बढ्न आँतुर छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments