वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना छ: गृहमन्त्री थापा

सोमवार, बैशाख २४, २०७५



काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको बताएका छन् । गृहमन्त्री थापाले सोमबार योङ कम्युनिष्ट लिग (वाइसिएल) ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संगठन विभाग प्रमुख समेत रहेका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर, सिन्डिकेटविरुद्ध अभियान शुरु गरेको भन्दै यसलाई निष्कर्षमा पु¥याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन समेत आह्वान गरेका छन् ।

उनले गृह मन्त्रालयले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागेको जानकारी दिँदै सो अभियानमा युवालाई नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा जोड दिए । गृहमन्त्री थापाले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको भन्दै अब त्यसका लागि समेत गृहकार्य गरिने समेत जनाएका छन् ।

उनले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिको लक्ष्यसहित माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिए ।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank