लागूऔषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस्: गृहमन्त्री थापा

बिहिबार, बैशाख २०, २०७५



काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागूऔषध कारोबारको जरैसम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा लागूऔषध सम्बन्धी भएको छलफलमा बोल्दै गृहमन्त्री थापाले लागूऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह आग्रह गरेका छन् । गृहमनत्री थापाले भने ‘लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् । ’

उनले लागूऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुंगको अवस्थामा जान लागेको बताउदैं यसलाई तत्काल नियन्त्रण गर्न जरुरी रहेको औँल्याए । उनलेले लागूऔषध नियन्त्रणसम्बन्धी जागरणमुलक र भण्डाफोर कार्यक्रम ल्याउन पनि निर्देशन दिएका छन् । लागुऔषधका भरिया मात्रै होइन, यसका अन्तर्राष्ट्रिय कारोबारी, स्थानीय एजेण्डलाई समेत पक्राउ गर्नेगरी काम अघि बढाउन निर्देशन दिए ।

छलफलमा गृह सचिव प्रेम कुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ , नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठुले राई लगायतको उपस्थिति रहेको थियो ।

113 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank