भारतले ३७२ किलोमिटर सीमा मिच्यो, सुरक्षाकर्मी खटाउँछौं: गृहमन्त्री थापा

शुक्रबार, मंसिर २७, २०७६



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतले सीमा अतिक्रमण गरेको बताएका छन ।
शुक्रबार संसद्को‌ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले भारतले ३ सय ७२ किलोमिटर मिचेको बताएका हुन ।

भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक सिमा अतिक्रमण पश्चात सरकारले ७० वटा थप सीमा स्तम्भ राख्ने तयारी भइरहेको गृहमन्त्री थापाले जनाए ।  भारतसँग जाेडिएकाे १८०० किलोमिटर खुला सीमा सुरक्षाका लागि ३७ हजार सशस्त्र प्रहरी खटिए पनि पर्याप्त नभएको गृहमन्त्री थापाले उल्लेख गरे  ।

भारत सरकारले नेपाल भारत सीमामा थप सुरक्षाकर्मी तैनाथ गर्दै  गोर्खा राइफल्सलाई खटाइएको बताउँदै गृहमन्त्री थापाले नेपाल सरकारले पनि सुरक्षा बल विस्तार गर्ने योजना बनाएको समितिलाई  जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments